बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

देउवाको प्रतिवादमा उत्रियो पौडेल समूह

देउवाको प्रतिवादमा उत्रियो पौडेल समूह

मेगा खबर संवाददाता

१५, श्रावण २०७७
  • 1.8K
    SHARES

  • देउवाको प्रतिवादमा उत्रियो पौडेल समूह

    १५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन प्रभावित पार्ने गरी गतिविधि गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सार्वजनिक रुपमै प्रतिवादमा उत्रिएको छ ।

    महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा आफूअनुकुल हुनेगरी बिभिन्न विभागमा मनोनयन गरेको भन्दै पौडेल पक्षका नेताहरुले बुधबार सभापति देउवालाई सो लिखित असहमति पत्र बुझाएका हुन् । देउवाले हालै कांग्रेसका विभिन्न केन्द्रीय विभाग गठन गरेकामा असन्तुष्ट पौडेल समूहले बिहीबार देउवालाई भेटेर यस विषयमा लिखित असहमति बुझाएको हुन् ।

    तर देउवाले सम्बोधन गर्ने ठोस प्रतिवद्धता नजनाएको भन्दै यो समूहृले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमै विरोधमा उत्रिएको हो ।पौडेलले विधान विपरीत भएका गतिविधिलाई नै महाधिवेशनको एजेण्डा बनाउने घोषण गरे । उनले देशभरका नेता कार्यकर्तालाई विधान विपरीतका गतिविधिलाई साथ नदिन पनि आग्रह गरे ।

    बिहिवार, श्रावण १५ २०७७०४:२०:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार