अभिनेत्री प्रियंका कार्कीले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउदैछिन् ।
सन्तानको आगमनपश्चात् आफ्नो जीवन सदाका लागि परिवर्तन हुने उनले बताउँदै आएकी छन् । गर्भअवस्था उत्सवको रुपमा मनाउनुपर्ने उनको धारण रहँदै आएको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारण बारम्बार चर्चामा छाएकी छiन् ।
हातमा गिलास लिएर गर्भवती भुँडीमा जुस पिलाएको तस्बिरदेखि स्विमिङ कस्टूममा बेबीबम्प देखाउँदै खिचाएको तस्बिरसम्म उनका चर्चा र आलोचनाको विषय बनेका छन् । तस्बिरका कारण उनी ट्रोलको निसाना र सामाजिक प्रयोगकर्ताको तारो समेत बनेकी छन् । अहिले पनि प्रियंकाले सामाजिक सञ्जालमा केही नयाँ तस्बिर शेयर गरेकी छन् । तस्बिर उनको परिवारले आयोजना गरेको दही चिउरा कार्यक्रमको हो ।
जसमा उनलाई श्रीमान् आयुष्मान देशराज जोशीका साथ पहेँलो सारीमा देख्न सकिन्छ । तस्बिरमा उनलाई सारीमा देखेर सामाजिक प्रयोगकर्ताले आश्चर्य मानेका छन् । जसमा एक युजर्सले लेखेका छन्, ‘बच्चा बुबा–आमालाई माया गर्ने जन्मियोस्, यतिको तहल्का पिट्दा अलि फरक जन्मियोस् ।
अर्का अर्जुन थापा नामका युजर्सले उनलाई सारीमा कति सुहाएको बताउँदा मोहन सङ्ग्राम नामका व्यक्तिले पाकेको केरा जस्तो तस्बिर भनेर उडाएका छन् ।
रविला पौडेल नामक एक युजर्सले लेखका छन्, ‘मेरो आँखा धमिलो भएछ क्या हो । दिदीले सारी लाएको जस्तो देख्छु त । भोली जान्छु आँखा जचाउँन ।’ त्यस्तै अर्जुन मगर लेख्छन्, ‘कलियुगका मुना र मदन, भित्री कस्तो छ थाहा भएन, तर बाहिरी क्रियाकलाप हेर्दा चाहीँ जोडीको डाहा लागेर आउँछ ।
तुलसी पुरीले भने प्रियंकाको बच्चा जन्मिएपछि रमिता सकिने बताएका छन् । अर्काे अधिकारी राजेन नामक युजर्सले लेखेका छन्, ‘बल्ल हेर्दा पनि मज्जा आयो । यस्तो पहिरनमा कति राम्रो देखिएको दुबै जना । उनले अगाडि लेखेका छन् ‘नाङ्गिएर कोही मोडन हुँदैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।