बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे निर्णय हुन्छ : प्रधानमन्त्री

विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे निर्णय हुन्छ : प्रधानमन्त्री

मेगा खबर संवाददाता

२३, श्रावण २०७८
  • 1.8K
    SHARES

  • विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे निर्णय हुन्छ : प्रधानमन्त्री

    काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे आवश्यक निर्णय गर्ने बताएका छन्  ।

    प्रधानमन्त्री देउवासँगको भेटमा आफूहरुले विद्यार्थीलाई अलमलमा नपर्ने गरी विकल्प सहित निर्णय गर्न आग्रह गरेको र जवाफमा उनले आवश्यक निर्णय गर्ने विश्वास दिलाएको कांग्रेस नेता गगन थापाले बताए । स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिसकेको छ ।

    मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । यसबारेमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछन् । सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।

    कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैछ । कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन् । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित समेत गरेको थियो । 

    शनिवार, श्रावण २३ २०७८१२:२७:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार