काठमाण्डौ - दोस्रो टी–ट्वान्टी क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ ।
ढाकामा भएको खेलमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले हराएको छ । अस्ट्रेलियाले दिएको १ सय २२ रनको लक्ष्य बङ्गलादेशले १८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर भेट्टाएका छन् ।
बङ्गलादेशको जितमा आफिफ होसेनले ३७, नुरुल होसेनले २२, शकिब अल हसनले २६ र मेहदी हसनले २३ रन बनाए ।अस्ट्रेलियाका मिचेल मार्श, जोस हाजलउड, एस्टन अगर,एडम जाम्पा र एन्ड्रयु टेले एकएक विकेट लिए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।
अस्ट्रेलियाको लागि मिचेल मार्शले ४५ रन बनाए भने मोइसेस हेन्रिक्सले ३० र मिचेल स्टार्कले अविजित रहँदै १३ रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले ३ तथा शोरिफुल इस्लामले २ विकेट लिएका छन् ।
जितसँगै बङ्गलादेशले अस्ट्रेलियासँगको पाँच खेलको श्रृङ्खलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा पनि अस्ट्रेलिया बङ्गलादेशसँग पराजित भएको थियो ।
पहिलो खेलमा बङ्गलादेशले अस्ट्रेलियालाई २३ रनले हराएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।