काठमाडाै, क्रिकेटर पारस खड्काले सही अवसर प्राप्त भएमा आफू राजनीतिमा पनि लाग्न सक्ने बताएका छन् ।
नेपाली क्रिकेटलाई तत्काल भने कसरी अघि बढाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उनको भनाइ छ । राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु ।
आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु? आज बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, त्यसअघि नै क्रिकेटलाई कुनै ठाउँमा पुर्याउन सक्नेतर्फ लाग्नुपर्छ ।
मेरो पहिलो प्राथमिकता क्रिकेट राम्रो होस् भन्ने नै हो । उनले अहिले उचित समय लागेर अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको समेत बताए । यो राइट टाइम भनेर अनाउन्समेन्ट गरेको हो ।
उनले भने, नेपाली क्रिकेट टिमभित्रको वातावरणलाई आफूले सधैँ मिस गर्ने खड्काले बताए । उनले आगामी दिनमा क्रिकेटलाई कसरी राम्रो गर्न सकिन्छ भनेर क्यानसहितका अधिकारीलाई आइडिया दिनसक्ने भन्दै आगामी दिनमा मौका मिलेमा क्यानमा कुनै भूमिका निर्वाह गर्न सक्ने पनि बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।