जापानले स्केटबोर्डिङतर्फ हिजो मंगलबार राति आफ्नो प्रभुत्व कायम राख्यकि छिन् ।
यस इभेन्ट्समा आयोजक जापानकी १९ वर्षीय साकुरा योसोजुमीले ६०।०९ अंक स्कोर गर्दै स्वर्ण जितिन् । १२ वर्षकी कोकोना हिराकीले ५९।०४ अंक स्कोर गर्दै रजत जितिन् ।
यससँगै हिराकी जापानको इतिहासमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छिन् । कास्य जितेकी बेलायतकी स्काई ब्राउनले पनि कीर्तिमान बनाइन् ।
१३ वर्ष २८ दिनमा पदक जितेर उनले ओलम्पिक पदक जित्ने कान्छी बेलायती खेलाडीको कीर्तिमान बनाएकी हुन् ।
५६।४७ अंक स्कोर गरिन् । ‘यो अद्भूत छ । यथार्थ होइनजस्तो लागेको छ । म यहाँ आउन पाउँदा खुसी छु,’ ब्राउनले खेलेपछि उनले भनिन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।