काठमाडाै, नेपाली फिल्म क्षेत्रको एक समयकी चर्चित अभिनेत्री गरिमा पन्त आमा बनेकी छिन् ।
छोरीलाई उनले जन्म दिएकी हुन् । उनको छोरीको नाम प्रिषा राखिएको छ । आफु आमा बनेको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् ।
उनले श्रीमान्को साथ बच्चासँगै रहेको एक तस्बिर पोष्ट गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, मितिलाई यो सुन्दर धर्तीमा स्वागत । आमा बनेकी गरिमालाई सामाजिक संजालमा थुप्रैले बधाई दिएका छन् ।
अमेरिकामा बस्दै आएकी गरिमाले आफू गर्भवती भएको खबर पनि सामाजिक सञ्जालमार्फत केही अगाडि सार्वजनिक गरेकी थिइन् । बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।