बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपा स्थायी कमिटी बैठक आज बस्दै: विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग

नेकपा स्थायी कमिटी बैठक आज बस्दै: विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग

मेगा खबर संवाददाता

१३, श्रावण २०७७
  • 2.4K
    SHARES

  • नेकपा स्थायी कमिटी बैठक आज बस्दै: विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग

    काठमाडौँ, १३ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो । यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् ।

    पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताउनुभयो । बैठक बोलाउन चाहिने आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर गरिसकेकोे दाबी उहाँले गर्नुभयो ।

    कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ । नेकपामा ४४४ केन्द्रीय सदस्य छन् । यसअघि केन्द्रीय समितिको बैठक माग गर्दै ठाकुर गैरे, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा, डा। विजय पौडेल लगायतका नेता धुम्बाराहीमा धर्ना बस्नुभएको थियो । त्यति बेला स्थायी कमिटी बैठक सम्पन्न भए पनि केन्द्रीय समिति बैठक बोलाउने आश्वासन नेताहरूले दिनुभएको थियो ।

    स्थायी कमिटी बैठकले निर्णय गर्न नसक्ने अनुमानपछि केन्द्रीय समिति बैठक माग गरिएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानले बताएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

    मंगलवार, श्रावण १३ २०७७०७:२४:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार