बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

युरोपियन गोल्डेन बुटको यात्रा : सिरोले ह्याट्रीक गरी लेवण्डोस्कीलाई भेट्टाए, रोनाल्डो ३ गोलले पछाडी

युरोपियन गोल्डेन बुटको यात्रा : सिरोले ह्याट्रीक गरी लेवण्डोस्कीलाई भेट्टाए, रोनाल्डो ३ गोलले पछाडी

मेगा खबर संवाददाता

१२, श्रावण २०७७
  • 2.7K
    SHARES

  • युरोपियन गोल्डेन बुटको यात्रा : सिरोले ह्याट्रीक गरी लेवण्डोस्कीलाई भेट्टाए, रोनाल्डो ३ गोलले पछाडी
    जारी सिजनको युरोपियन गोल्डेन बुटको प्रतिस्पर्धामा जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवण्डोस्कीलाई भेटाउँदै इटालियन लिग सिरी ए का सिरो इमोबिलले बराबरी ३४ गोल गरे भने क्रिस्टियानो रोनाल्डोले थप एक गोल गरेता पनि लेवण्डोस्की र इमोबिल भन्दा ३ गोलले पछी परेका छन ।

    गएराति युभेन्टस र लाजियो दुवै टिमको खेलमा रोनाल्डोले साम्पडोरियासँग एउटा पेनाल्टी सहित २ गोल गर्ने अवसर गुमाउँदा जम्मा १ गोल मात्र गर्न सफल भए भने इमोबिलले हेलास वरोनासँग एउटा पेनाल्टी सहित ह्याट्रीक गरे ।

    सो गोलपछि सिरोले सर्वाधिक लिग गोलमा रोनाल्डोसँगको अन्तर फराकिलो पार्दै ३४ गोल पुर्‍याएर लेवण्डोस्कीलाई भेटेका छन भने रोनाल्डोले ३१ गोल मात्र पुर्‍याएका छन ।

    लिगमा अन्तिम २ खेल मात्रै बाँकी रहँदा रोनाल्डोले कम्तीमा ४ गोल गर्नैपर्ने दवाब रहने छ । यही अवस्थामा रोनाल्डोका लागि गोल्डेन बुट जित्ने सम्भावना केही कठिन भएता पनि असम्भव भने छैन । अब बाँकी रहेका अन्तिम २ खेलले नै गोल्डेन बुटको छिनोफानो गर्नेछ ।

    यदि अन्तिम खेलपछी पनि गोल संख्या बराबरी भएमा असिस्टको संख्या हेरिने छ । ३ जनामध्ये ८ असिस्ट सहित इमोबिल नै अगाडि देखिएका छन भने रोनाल्डोले अहिलेसम्म ५ र लेवण्डोस्कीले ४ ओटा मात्र असिस्ट गरेका छन ।

    सोमवार, श्रावण १२ २०७७०८:३०:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार