बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इटालियन सिरी 'ए' को उपाधि युभेन्टसलाई

इटालियन सिरी 'ए' को उपाधि युभेन्टसलाई

मेगा खबर संवाददाता

१२, श्रावण २०७७
  • 2.4K
    SHARES

  • इटालियन सिरी 'ए' को उपाधि युभेन्टसलाई
    एजेन्सी – इटालियन क्लब युभेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । 
     
    घरेलु मैदानमा साम्पडोरियामाथि २–० ले बिजयी भई दुई खेल बाँकी छदै युभेन्टस सिरी ‘ए’ च्याम्पियन बन्न पुगेको हो ।
     
    युभेन्टसलाई च्याम्पियन बनाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले १-१ गोल गरे । रोनाल्डोले २० औं मिनेटमा गोल गर्ने एउटा अवसर गुमाए भने ८९ औं मिनेटमा पेनाल्टीमा गोल गर्नबाट पनि चुके । तथापि पहिलो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा रोनाल्डोले नै गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाएका थिए भने फेडरिको बर्नरडेस्चीले ६७ औं मिनेटमा अर्को गोल गरे ।
     
    उपाधि पक्का गरेसँगै युभेन्टसको ३६ खेलबाट ८३ अंक पुगेको छ भने उत्तिनै खेल खेलेर दोस्रो स्थानमा रहेको इन्टर मिलानको ७६ अंक रहेको छ ।

    सोमवार, श्रावण १२ २०७७०८:२२:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार