बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने

मेगा खबर संवाददाता

१५, श्रावण २०७८
  • 1.9K
    SHARES

  • धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने

    काठमाडौंँ,  हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफ्नो फिल्म ‘म त मर्छु कि क्या हो’ डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने बताएका छन् ।

    फिल्म रिलिजका लागि उनले अहिले ओटीटी प्लेटफर्म उपयुक्त भएको भन्दै यसैमा रिलिज गर्ने बताएका छन् । म त मर्छु कि क्या हो’ वैवाहिक जीवनमा आउने उतार–चढावको विषयमा बनेको फिल्म छ । फिल्ममा सीताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बास्सै’को धुर्मुस–सुन्तलीकै गेटअफमा समेत देखिएका छन् ।

    लेखन र निर्देशन समेत धुर्मुस–सुन्तलीको रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय समेटिएको छ । विश्वकै चलचित्र घरलाई कोरोनाले प्रभावित पारेको छ ।

    नेपालका पनि अहिले सबै चलचित्र घर बन्द छन् । यस्तो अवस्था फिल्म हेर्ने विकल्पको रुपमा विभिन्न डिजिटल प्लेटफर्ममा देखिन थालेका छन् । केही दिन अगाडि धुर्मसले फिल्मको ट्रेलर समेत सार्वजनिक गरेका थिए । उक्त ट्रेलर रिलिज कार्यक्रममा कलाकार कट्टेलले अब फिल्म क्षेत्र चलायमान बनाउन ओटीटी प्लेटफर्मको आवश्यकता रहेको बताए । 

    म पनि मेरो फिल्म ‘म त मर्छु कि क्या हो’ यस्तै प्लेटफर्ममा रिलिज गर्न चाहन्छु’ कट्टेलले भने । यसै अवसरमा अभिनेत्री कुञ्जना घिमिरेले वर्तमान अवस्थामा फिल्म उद्योग चलायमान बनाउन ओटीटी प्लेटफर्मको आवश्यकता रहेको बताइन् ।

    कुनै पनि चिजको सुरुवातमा 'रिक्स' लिनैपर्छ’ उनले भनिन् ‘ फिल्म इन्डस्ट्रीलाई अगाडि लैजान ओटीटी प्लेटफर्म बलियो माध्यम हुन सक्छ ।

    शुक्रवार, श्रावण १५ २०७८१०:३६:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार