बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रपतिद्वारा २ प्रदेश प्रमुख पदमुक्त र दुई नियुक्त

राष्ट्रपतिद्वारा २ प्रदेश प्रमुख पदमुक्त र दुई नियुक्त

मेगा खबर संवाददाता

१२, श्रावण २०७८
  • 1.9K
    SHARES

  • राष्ट्रपतिद्वारा २ प्रदेश प्रमुख पदमुक्त र दुई नियुक्त

    काठमाडाै, राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा २ जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् ।

    नेपाल सरकारको मन्त्रिपरिषद्को आज मंगलबार बसेको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेका थिए । संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    राष्ट्रपति भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । भण्डारीले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी छन् । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख गरिएको छ ।

    मंगलवार, श्रावण १२ २०७८०८:४२:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार