बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अबको सरकारले १० फिल्ममा लगानी गर्ने

अबको सरकारले १० फिल्ममा लगानी गर्ने

मेगा खबर संवाददाता

१२, श्रावण २०७८
  • 1.5K
    SHARES

  • अबको सरकारले १० फिल्ममा लगानी गर्ने

    काठमाडाै, सरकारले १० फिल्म निर्माणमा लगानी गर्ने भएको छ ।

    मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले सरकारले फिल्ममा सहनिर्माताको रुपमा लगानी गर्ने भएको छ । चलचित्र विकास बोर्डले आज मंगलबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको छ ।

    सूचनामा बोर्डले यो आर्थिक वर्ष ०७८०७९ देखि दश फिल्ममा सह–लगानी गर्ने भनिएको छ । जसमा पाँच फिचर र पाँच छोटो फिल्म रहनेछ ।

    मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उदेश्यले चलचित्र विकास बोर्डले गत वर्ष स्टोरी बैंक समेत स्थापना गरेको थियो । तीन फिचर र तीन छोटो फिल्ममा सह–लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी फिल्मको संख्या बढाएको छ ।

    कस्तो फिल्ममा र कति लगानी गर्ने भन्ने बिषयमा भने बोर्डले केही जानकारी भने अझै दिएको छैन । अघिल्लो आर्थिक वर्षमा स्टोरी बैंकमार्फत तीन छोटो र तीन फिचर फिल्म छनौट भएका थिए । यी तीन फिल्मलाई निर्माणमा बोर्डले सहयोग गर्ने भएको छ ।

     

    मंगलवार, श्रावण १२ २०७८०२:२६:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार