बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

 बलिउड कलाकार सोनुले बानाए रोजगारी खोज्ने नयाँ एप

 बलिउड कलाकार सोनुले बानाए रोजगारी खोज्ने नयाँ एप

मेगा खबर संवाददाता

८, श्रावण २०७७
  • 2.3K
    SHARES

  •  बलिउड कलाकार सोनुले बानाए रोजगारी खोज्ने नयाँ एप

     बलिउड कलाकार सोनु सुदले एउटा नयाँ एपको निर्माण गरेका छन् जसले लाखौ मजदुरलाई रोजगारी खोज्न सहयोग गर्नेछ । लकडाउनको समयमा उनले हजारौ मजदुरलाई आफ्नो घर फर्किन सहयोग गरेका थिए ।

    ‘प्रवासी रोजगार’ नाम दिएर उनले सुरु गरेको एपको माध्यमबाट लाखौ मानिसहरुले जागिरको बिषयमा सही जानकारी पाउनेछन् । सोनुका अनुसार, ५ सय भन्दा बढी प्रतिष्ठित कम्पनीहरुमा रोजागरीको अवसरको जानकारी मजदुरहरुले एपको माध्यमबाट पाउनेछन् ।

    सोनुले दिल्ली, मुम्बई, बैंगलोर, हैदराबाद, कोयम्बटुर, अहमदाबाद र तिरुनअन्तपुरमसहित विभिन्न ७ शहरमा सहायता केन्द्र पनि स्थापना गरेका छन् ।

    भारतीय मिडियासँग कुरा गर्दै सोनुले भने–‘केही महिनादेखि मैले यो बिषयमा खुबै सोचेँ र यो योजना तयार पारेँ । देशका प्रतिष्ठित कम्पनीसँग मैले यो बिषयमा कुरा गरेँ । विशेषगरि, गरिबीको रेखामुनी रहेका मानिसहरुलाई रोजगारीका लागि हामीले पहल गर्नेछौ ।’ उनका अनुसार, केही समयपछि नै यो एपमा १ करोड भन्दा बढी मानिसहरु जोडिनेछन् ।

     

    बिहिवार, श्रावण ८ २०७७०९:३९:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार