बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियाले जिते

घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियाले जिते

मेगा खबर संवाददाता

१२, श्रावण २०७८
  • 2.6K
    SHARES

  • घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियाले जिते

    घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियाले जितेको छ ।

    ब्रिङटाउनमा भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेष्ट इन्डिजलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले २–१ ले श्रृङ्खला जितेको हो । वेष्ट इन्डिजले दिएको १ सय ५३ रनको लक्ष्य अस्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियाका म्याथ्यु वेडले अविजित ५१ रनको अर्धशतकीय पारी खेले ।

    पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५२ बनाएको थियो । उसका लागि इभान लेविसले अविजित ५५ रन जोडे पनि अरुले राम्रो खेल्न सकेनन् । अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा जोस हेजलवुड, अस्टन अगर र एडम जाम्पाले दुईदुई विकेट लिए ।

    दोस्रो एक दिवसीयमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हराएको थियो भने पहिलो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डर्कवर्थ लुइस पद्धतिका आधारमा १ सय ३३ रनले हराएको थियो । वेष्ट इन्डिजसँगको खेलपछि अस्ट्रेलिया पाँच खेलको टी–ट्वेन्टी श्रृङ्खला खेल्न बङ्गलादेश जाँदैछ ।

    मंगलवार, श्रावण १२ २०७८०८:४२:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार