बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

घरेलु टिम श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी

घरेलु टिम श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी

मेगा खबर संवाददाता

११, श्रावण २०७८
  • 1.7K
    SHARES

  • घरेलु टिम श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी

    घरेलु टिम श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी भएको छ ।

    कोलम्बोमा गएराति भएको खेलमा भारत ३८ रनले विजयी भएको छ । भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।

    श्रीलङ्काका चारिथ असलङ्काले ४४ रन, अभिष्का फर्नान्डोले २६ धनुष शनकाले १६ तथा मिनोद भानुकाले १० रन जोडे । घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए भने दिपक चहरले दुई विकेट लिए । यस्तै, हार्दिक पाण्डेय, युभेन्द्र चहल, वरुण चक्रवर्ती र क्रुनल पाण्डेयले एक एक विकेट लिएको छ ।

    पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय पारी खेलेको थियो । कप्तान शिखर धवनले ४६, सन्जु सामसनले २७, इशान किसनले २० र हार्दिक पाण्डेयले १० रन बनाएको छ । 

    श्रीलङ्काका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले दुईदुई विकेट लिए । चमिका करुनारत्नेले एक विकेट लिएको थियो । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ। यसअघि भएको तीन खेलको एक दिवसीय भारतले जितेको थियो । 

    सोमवार, श्रावण ११ २०७८०९:१३:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार