काठमाडाै, नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङका कारण राजीनामा घोषणा गर्न बाध्य बनाएको उनले बताउँछन्
प्रिय नेपाली समर्थकहरू ।।। म एन्फाबाट राजीनामा गर्न गइरहेको छु र एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा गर्न गइरहेको छु । पछिल्ला तीन साता हरेक दिन उनले मसँग नाटक गरे ।
मलाई आशा छ, अब तपाई, पङ्कज नेम्वाङले खुसी महसुस गर्नु हुनेछ । ४ अप्रिल २०२१ मा कुवेती नागरिक अल्मुताइरीले नेपाली फुटबल टिमको बागडोर सम्हालेका समेत थिए ।
उनको प्रशिक्षणमा नेपाली टोलीले एसिया कप छनोटको तेस्रो स्थानमा स्थान बनाइसकेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।