काठमाण्डाै, दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्यान्डसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा 'क्लिन स्वीप' गरेको छ ।
डुब्लिनमा गएराति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सक्एको छ ।
आयरल्यान्डका कप्तान एन्डी बलब्रिनीले सर्वाधिक २७ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्डे, लिजाड विलियम्स र मुल्डेरले २२ विकेट लिए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ७२ रन र रिजा हेन्ड्रिक्सले ६९ रनको अर्धशतकीय पारी खेलेका छन् ।
डेभिड मिलरले अविजित रहँदै ३६ रन जोडे । आयरल्यान्डका सिमी सिंह र बारी म्याककार्थीले ११ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ३३ र दोस्रो खेलमा ४२ रनले रनले विजयी भएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।