गण्डकी, नेपाली काँग्रेसले गण्डकी प्रदेशमा मन्त्री हुनेको नाम टुंगो लगाएको छ ।
कांग्रेसबाट कास्कीका बिन्दु कुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ, र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका छन् काँग्रेसमा व्यक्तिपिच्छेका गूटउपगूटका कारण मन्त्री चयनमा विवाद भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो ।
कांग्रेसका तर्फबाट कुमार खड्का सरकारमा सहभागि भएका छन् । काँग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानुन, सञ्चार तथा प्रदेशसभा मामिला, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय छ । नेपली काँग्रेसले तीन जनाको नाम छनोट गरेपनि कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो भने लगाएको छैन ।
माओवादीले यसअघि पनि बिहीबार तीन मन्त्रीको टुंगो लगाएको थियो । माओवादीले रामजी बराल (जीवन) अर्थमन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापा वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा नाम टुंगो लगेको छ ।
काँग्रेस र माओवादीका तीन÷तीन जनाले आजै शपथ लिँदै छन् ।
गण्डकी प्रदेशमा रहेको ११ मन्त्रालयमध्ये पाँच मन्त्रालय कांग्रेसले पाएको छ । माओवादीको भागमा चार, जसपा र स्वतन्त्र सांसद राजीव गुरुङको भागमा १÷१ मन्त्रालय समेत परेको छ । नेपाली काँग्रेसले यसअघि जनता समाजवादीलाई २ मन्त्रालय दिने सहमति गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।