बलिउड अभिनेता अक्षयकुमार फेरि भगवानको भूमिकामा देखिने भएका छन् ।
फिल्म ‘ओ माई गड २’मा उनी दोस्रो पटक भगवानको भूमिकामा देखिन लागेका छन् । यस अगाडि यसै फिल्मको पहिलो सिक्वेलमा उनले यस्तो भूमिका निर्वाह समेत गरेका थिए ।
बलिउडमा फिल्म ‘ओ माई गड’को सिक्वेलका लागि लामो समयदेखि कसरत र चर्चा थियो । अहिले भने फिल्मको सिक्वेल बन्ने तयारी पुरा भएको बताएका छन् । ओ माई गड’को सिक्वेलमा अक्षयकुमार परेश रावलसँग भने देखिने छैनन् । यो फिल्मका लागि रावलको स्थानमा पंकज त्रिपाठी भित्रिएका छन् ।
फिल्मका निर्देशक समेत फेरिएका छन् । ओ माई गड’ उमेश शुक्लाले निर्देशन गरेका थिए भने अवको सिक्वेलका निर्देशक अमित राय हुन् । फिल्ममा अक्षयकुमार, पंकजको अलवा यामी गौतम पनि मुख्य भूमिका रहनेछिन् । फिल्मको सुटिङ अगस्टमा सुरु हुनेछ ।
फिल्मका लागि अक्षयकुमारले १५ दिनको समय निर्देशकका लागि दिएका छन् । अक्षयकुमार यो फिल्म अगाडि ‘बेल बोटम’ सुटिङ पुरा गर्नेछन् । जसका लागि उनी इग्ल्याण उड्नेछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।