बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पछिल्लो पटक प्रियंका कार्कीले आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा

पछिल्लो पटक प्रियंका कार्कीले आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा

मेगा खबर संवाददाता

५, श्रावण २०७८
  • 2.1K
    SHARES

  • पछिल्लो पटक प्रियंका कार्कीले आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा

    एजेन्सी,  नेपाली सिने जगतमा आजकाल यदि कोही चर्चित छ भने, नायिका प्रियंका कार्कीको नाम शीर्ष स्थानमा आउँछ । उनी पछिल्लो पटक आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा  रहेकि छिन् ।

    गर्भावस्थामा अत्यधिक रमाइरहेकी प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने फोटोका कारण पनि उनी चर्चामा छाइरहन्छिन् । कहिले पेटले जुसले खाइरहेको जस्तो गरेर फोटोसुट गराएर होस् त कहिले स्टेकेसन भनेर गरिएको फोटोसुट । उनी सोसल मिडियामा लगभग सधैंजसो छाउँछिन् ।

    पछिल्लो पटक प्रियंका आफ्नो गर्ल ग्याङ्गसँग स्विमिङ पुलमा गरिरहेको मस्तीका कारण चर्चामा आइन् । प्रियंकाको गर्ल ग्याङ्गमा सहाना बज्राचार्य र मेकअप आर्टिस्ट लेमीलाई पनि देख्न सकिन्छ ।

    स्वीमिङको फोटो भएकाले सबैले स्विमसुट लगाइरहेको पनि देख्न सकिन्छ । प्रियंकाका फ्यान फलोविङ अत्यधिक छ । त्यसैले उनले सोसल मिडियामा जे जति पोस्ट गर्छिन् त्यसमा धेरैले लाइक कमेन्ट र सेयर पनि गरिरहेका हुन्छन् । 

    कमेन्टमा कतिले प्रियंकाको पेट ठूलो भयो भनेका छन् भने कतिले नयाँ प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत बधाई दिएका छन् । कतिले प्रियंकाले नाटक नै धेरै गरेको बताइरहेका छन् । कतिले भने भयो अब पुग्यो, छिटो बच्चा जन्माइदेउ भनेर आग्रह पनि गरेका छन् ।

    कतिले भने ‘त्यो निर्दोष जन्मन लागेको बच्चाको के दोष, यति ज्यादा नाटक नगरेको भए बिचराले संसार देख्नु अघि नै कतिको गाली खाइरहनु पर्ने थिएन’ पनि भनेका छन् । कतिले प्रियंकालाई ‘इज्जत छैन? भनेर पनि प्रश्न सोधिरहेका छन् ।  

    उनलाई धेरैले नकारात्मक कमेन्ट गरेका छन् । कति भने प्रियंकाको समर्थनमा पनि आएका छन् । कतिले ‘मान्छेलाई नराम्रो कमेन्ट गर्न हतार भएको देख्दा नि अचम्म लाग्छ’ पनि भनिरहेका छन् ।

    यस्तै कतिले ‘उसको मर्जी, उसको लाइफ, कति रिस गर्छौ हो आरिसेहरु, हेर्न मन भए ब्लक गरिदेउ न कमेन्टमा किन कराईरा धेरै’ पनि भनिरहेका छन् । एक फेसबुक प्रयोगकर्ताले ‘तिमीले पनि उत्पात गर्न लागेउ बरु नर्मल तरिकाले छिटो बेबी पाएर फोटो राख, सबैले बधाई दिन्छन् ।

    धेरै हाँसोको पात्र नबन अब’ पनि भनेकी छिन् । हुन त प्रियंका र आयुष्मानले आफ्नो बच्चा जन्मने निश्चित समय तोकेका छैनन् । प्रियंकाले सेप्टेम्बरमा छोरी आयांकालाई स्वागत गर्ने बताएकी छिन् ।

     

    मंगलवार, श्रावण ५ २०७८०१:२६:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार