बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अश्लिल फिल्म बनाएको आरोपमा राज कुन्द्रा पक्राउ

अश्लिल फिल्म बनाएको आरोपमा राज कुन्द्रा पक्राउ

मेगा खबर संवाददाता

५, श्रावण २०७८
  • 1.8K
    SHARES

  • अश्लिल फिल्म बनाएको आरोपमा राज कुन्द्रा पक्राउ

    मुम्बई,  बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परिएका छन् ।

    मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई हिजो सोमबार राती पक्राउ गरेको छ । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

    यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ । यसै बर्ष फेब्रुअरीमा उनीबिरुद्ध अश्लिल फिल्म बनाएको र एप मार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मामिलामा राज कुन्द्रा मुख्य आरोपीको रुपमा पक्राउ परेका छन् ।

    राजकुन्द्राको बिरुद्ध आफुसँग प्रयाप्त प्रमाण भएको र उनलाई सोधपुछ गरिरहेको मुम्बई पुलिसले बताएको छ । मेडिकल परिक्षणपछि राज कुन्द्रालाई आज मंगलबार कोटमा पेस गरिनेछन् । मुम्बई पुलिस ब्रान्चमा गत फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र त्यो अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको केस दर्ता समेत भएको थियो ।

    यसै मामिलामा पुलिसले बिभिन्न ठाउँमा छापा मारेर पहिले नै ४ ब्यक्ति पक्राउ गरिसकेको छ । पक्राउ आरोपीको बयान अनुसार र टेक्निकल एविडेन्सको आधारमा राज कुन्द्रालाई पक्राउ गरिएको छ । पुलिसको जाचमा राज कुन्द्रा मुख्य दोसी समेत पाइएको छ ।

    हटसट नामक एक एप बनाएको र उक्त एपमा फिल्म राख्दै मानिससँग पैसा उठाएको र एमका मालिक राज कुन्द्रा भएको आरोप पुलिसको रहेको छ । राज कुन्द्राले भने आफ्नो एपसँग कुनै पनि लेनदेन नभएको दावी गरेका छन् । पुलिसका अनुसार मुम्बईमा कामको खोजीमा आउने सोझा सिधा केटीलाई यो कामका लागि फसाउने गरिएको हो ।

    फिल्ममा काम लगाउने बहानामा समेत अश्लिल फिल्ममा काम गराउने गरिएको छ । फिल्म बनेपछि मोवाईल ऐप तथा ओटीटी प्लेटफर्ममा रिलिज गरेर लाखौ कमाउने गरिएको छ  ।

    मुम्बईको मलाड वेस्टको मढ गाउँको एक घर भाडामा लिइएको थियो । जसमा अश्लिल फिल्म छायाँकन भएको थियो । एपीआई लक्ष्मीकान्त सालुखेले उक्त बंगलामा छापा मारेको समय पनि अश्लिल फिल्मको सुटिङ चलिरहेको थियो ।

     

    मंगलवार, श्रावण ५ २०७८०८:५२:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार