इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरिएको छ ।
लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ५५ रन बनाउन सकेको छ ।
पाकिस्तानका मोहमद रिजवानले ३७, शादब खानले ३६, कप्तान बाबर आजम २२ तथा इमाद वासिमले २० रन जोडेको छ ।इङ्ग्ल्यान्डका साकिब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २२ विकेट लिए भने टोम करन र माट पाकिर्नसनले एकएक विकेट लिएको छ ।
ब्याटिङ गरेको इङ्ग्ल्यान्डले यसअघि १९ ओभर ५ बलमा अलआउट हुँदै २ सय रन बनाएको थियो । इङ्ग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय पारी खेले भने लियाम लिभिङस्टोनले ३८, मोइन अलीले ३६, क्रिस जोर्डनले १४ रन जोडेको थियो ।
पाकिस्तानका मोहमद हासनेनले ३ विकेट लिए भने हरिस राउफ र इमाद वासिमले २२ विकेट लिए । शहेन साह अफ्रिदी र शादब खानले एकएक विकेट लिए ।
जितसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो टी–ट्वान्टीमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।