काठमाण्डाै - इटालियन क्लब एसी मिलानले फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउडलाई अनुबन्धित गरेको छ ।
फ्रान्सेली खेलाडी जिराउड इङ्ग्लिस क्लब चेल्सीबाट इटालियन सिरी 'ए' क्लब एसी मिलान आएका छन् ।
सिरी ’ए’ क्लब मिलानले इङ्ग्लिस क्लब चेल्सीबाट उनलाई २ मिलियन युरोमा अनुबन्ध गरेको छ । जिराउडले मिलानसँग दुई वर्षको सम्झौता गरेका छन् । सन् २०१८ मा आर्सनलबाट चेल्सी आएका थिए । चेल्सीका लागि उनले १ सय १९ खेलमा ३९ गोल गरेका छन् ।
फ्रान्सको विश्वकप विजेता टोलीका सदस्य समेत हुन् । फ्रान्सले २०१८ मा विश्वकप जित्दा उनी टिममा थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।