काठमाण्डाै - पहिलो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको छ ।
विस्फोटक ब्याटिङ गरेका उनले ४३ बलमा १ सय ३ रन बनाएका हुन् । लिभिङ स्टोन टी–ट्वान्टीमा इङ्ग्ल्यान्डका लागि सर्वाधिक छिटो शतक बनाउने खेलाडी समेत बने । उनको यो पहिलो टी–ट्वान्टी शतक समेत रहेको छ ।
जासन रोयले ३२ रन बनाए । बलिङमा पाकिस्तानका शहिन शाह अफ्रिदी र शादब खानले ३३ विकेट लिए । गएराति भएको खेलमा पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्यसहित ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो ।
इङ्ग्ल्यान्डका लागि लियाम लिभिङस्टोनले १ सय ३ रनको शतकीय इनिङ्स खेले । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो ।
यस जितसँगै पाकिस्तानले तीन खेलको सिरीजमा १–० को अग्रता बनेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।