काठमाण्डाै - दक्षिण अफ्रिकाले अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ ।
आयरल्यान्डका लागि सीमी सिंहले अविजित रहँदै १ सय रनको शतकीय इनिङ्स खेले । कुर्टिस क्याम्फरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ह्यारी टेक्टर २९ रनमा आउट भए । दक्षिण अफ्रिकाका एडिले र ताब्रेज शाम्सीले ३३ विकेट लिए । केशव महाराजले २ विकेट लिएका छन् ।
ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो । डुब्लीनमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई ७० रनले हराएको छ ।
दक्षिण अफ्रिकाले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्यान्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन बनाएको छ । आयरल्यान्डका जोश लिटलले २ विकेट लिए । दक्षिण अफ्रिकाको जितसँगै तीन खेलको सिरीज १–१ को बराबरीमा सकिएको छ ।
पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा आयरल्यान्डले ४३ रनको जित निकालेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।