काठमाडाै, नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राख्न नेपाली कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले कांग्रेसले शिक्षा मन्त्रलाय लिएर शिक्षकका लागि बिशेष प्याकेज ल्याउने उद्घोष गरेका छन् । अघिल्ला शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले भाँजो हालेर पदाधिकारी पाउन नसकेको शिक्षा सेवा आयोगलाई पूर्णता दिंदै शिक्षकको बढुवा सहितका काम रोकिएको थिए ।
शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्ममा दीगो आर्थिक विकासका लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले शिक्षा मन्त्रालयको जिम्मेवारी कांग्रेससँगै राख्नु पर्ने देउवाले बताएका छन् ।
सक्षम व्यक्तिलाई मन्त्री बनाएर आयोगलाई पूर्णता दिने देउवाले वचन दिएका छन् । तीस हजार स्थायी शिक्षकको बिज्ञापन,लाइसेन्स खुलाउने देखि लिएर शिक्षकको बढुवा समेत गर्नु पर्ने आफुलाई थाहा भएको बताउदै देउवाले यी सबैकाम कांग्रेसको सरकारले पुरा गर्ने बताएका छन् ।
बुधबार बसेको बैठकले प्रधानमन्त्री नियुक्त भएकामा पार्टी सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना ज्ञापन गर्दै शिक्षा मन्त्रालयको नेतृत्व स्वयम पार्टीले नै राख्नुपर्ने भन्दै नेपाली कांग्रेसको शिक्षा विभागले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।