काठमाण्डाै, वेस्ट इन्डिजसँगको चौथो टी–२० क्रिकेट अस्ट्रेलियाले चार रनले जितेको छ ।
डारेन सामी स्टेडियमा अस्ट्रेलियाले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८५ रन मात्रै बनाउन सक्यको छ ।
अन्तिम ओभरमा जितका लागि वेस्ट इन्डिजलाई ११ रन चाहिएको थियो तर स्ट्राइकमा रहेका आन्द्रे रसेलले सुरुमा पाँच बलमा कुनै रन जोड्न सकेनन्, अन्तिम बलमा छक्का प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन ।
वेस्ट इन्डिजका लागि लेन्डी सिमोन्सले सर्वाधिक ७२ रन बनाए । अस्ट्रेलियाका मिचेल मार्सले तीन र एडम जाम्पाले दुई विकेट लिए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो ।
उसका लागि मिचेल मार्सले ७५ र कप्तान आरोन फिन्चले ५३ रन बनाए । पाँच खेलको शृङ्खला यसअघि नै वेस्ट इन्डिजले जितिसकेको छ ।
पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खला खेल्न अस्ट्रेलिया वेस्ट इन्डिज भ्रमणमा रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।