युरोकप–२०२० को च्याम्पियन इटाली बनेको छ । सोमबार राति भएको फाइनलमा इटालीले इङ्ग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै ५२ वर्षपछि दोस्रोपटक उपाधि उचालेको हो ।
यसअघि इटालीले सन् १९६८ मा घरेलु मैदानमा उपाधि जितेको थियो ।
इङ्ल्यान्डको लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेट र थपिएको समयमा १–१ बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले इटालीको दुई वटा प्रहार बचाएका थिए । तर तीन जना खेलाडी गोल गर्नबाट चुकेपछि इटाली युरोपियन च्याम्पियन बनेको हो ।
खेलको सुरुवाती दोस्रो मिनेटमै इङ्ग्ल्यान्डले अग्रता लिएको थियो । उसका लागि ल्युक शले गोल गरेका थिए । तर दोस्रो हाफमा खेलको ६७औं मिनेमा इटालीका लिओनार्दो बोनुचीले बराबरी गोल गरे । त्यसपछि दुवै टिमले गोल थप्न सकेनन् ।
सन् १९६० देखि हरेक ४-४ वर्षमा हुँदै आइरहेको युरोकपको अर्को संस्करण अब जर्मनीले २०२४ मा आयोजना गर्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।