बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जन्मदिन पारेर मात्रै सार्वजनिक गरिन् रक्षाले यि .......

जन्मदिन पारेर मात्रै सार्वजनिक गरिन् रक्षाले यि .......

मेगा खबर संवाददाता

२३, आषाढ २०७८
  • 4.9K
    SHARES

  • जन्मदिन पारेर मात्रै सार्वजनिक गरिन् रक्षाले  यि .......

    काठमाडाैं, चर्चित अभिनेत्री रक्षा श्रेष्ठ पनि आमा बनेकी छन् ।

    दुई महिना अगाडि एक छोरीको जन्म दिएकी रक्षाले आफु आमा बनेको बुधबार मात्र सार्वजनिक गरेकी छिन् ।
    उनले आज परेको आफ्नो दिनको अवसर पारेर छोरीको तस्बिर सार्वजनिक गर्दै आमा बनेको समेत जानकारी दिएकी छिन् । बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आमा बनेको खबर भने गोप्य राख्दै आएकी थिइन् ।

    आफ्नो आज जन्मदिन परेको र छोरी पनि दुई महिना पुगेकोले छोरीको तस्बिर सामाजिक संजाल माफर्त सार्वजनिक गरेको रक्षाले बताइन् । ‘मलाई पर्सन जीवन गोप्य राख्नै मनपर्छ । त्यसैले आमा बनेको खबर बाहिर ल्याएको थिइन’ रक्षाले भनिन् ‘केही मिडियाले मेरो बिषयमा छोरा जन्माएको लगायत केही भ्रामक समाचार हिजो बनाएको पाएकोले छोरीको नाम सहित तस्बिर सार्वजनिक गरेकी हुँ ।

    छोरीको नाम माहिरा गुरुङ रहेको छ । उनले छोरीका साथ केही तस्बिर सार्वजनिक गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘मेरो छोरी दुई महिना पुगेकी छन् । रक्षा आज परेको आफ्नो जन्मदिन भने घरपरिवारसँगै सेलिब्रेसन गर्दै छिन् ।

    अहिले साथीभाई भेला भएर जन्मदिन मनाउने माहोल नभएकोले जन्मदिन घरपरिवारसँगै घरमै मनाउन लागेको रक्षाले सुनाइन् । चर्चित हाँस्य सिरियल ‘भद्रगोल’मा अभिनय गरेपछि चर्चामा छाएकी श्रेष्ठ पछिल्लो समय सिरियल ‘सक्किगो नि’मा पनि देखिँदै आएकी थिइन् ।

    गर्भवती भएपछि भने उनले कलाकारिताबाट ब्रेक लिएकी छिन् । १ सय बढी म्यूजिक भिडियो, केही सिरियलमा अभिनय गरेकी श्रेष्ठले ६० बढी विज्ञापन चलचित्रमा पनि काम गरेकी छन् ।

     

    बुधवार, आषाढ २३ २०७८१०:४६:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार