बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फेरी सर्‍यो सत्तारुढ नेकपा स्थायी कमिटी बैठक, साउन ४ गते बस्ने

फेरी सर्‍यो सत्तारुढ नेकपा स्थायी कमिटी बैठक, साउन ४ गते बस्ने

मेगा खबर संवाददाता

२, श्रावण २०७७
  • 2.8K
    SHARES

  • फेरी सर्‍यो सत्तारुढ नेकपा स्थायी कमिटी बैठक, साउन ४ गते बस्ने

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजका लागि स्थगित गरिएको छ ।

     

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी अनुसार पर्सि आईतबार साउन ४ गते ३ : ०० बजे बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो ।

    एक साताअघि आज बिहान ११ बजे बस्ने भनि स्थगित गरिएको बैठक आजै दिउँसो ३ : ०० बजेसम्मका लागि भन्दै सारीएको थियो ।

    यसअघि आज बिहान स्थायी कमिटी बैठक केहि घण्टाका लागि स्थगित भएको जानकारी दिँदै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो ।

    शुक्रवार, श्रावण २ २०७७०१:५१:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार