काठमाण्डाै, ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्य नै दोहोरिएका छन् ।
एनआरटीले आज शाक्यलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिने सम्झौता गरेको छ । असोज ३ गतेदेखि हुने ए डिभिजन लिगमा शाक्यको नेतृत्वमा क्लबले अब्बल प्रदर्शन गर्ने अपेक्षा गरेको एनआरटीले विज्ञप्तीमार्फत जनाएको छ ।
एनआरटी चार पटकको ए डिभिजन विजेता रहेको छ । क्लबले आजै दुई जना अफ्रिकन खेलाडीलाई टिममा अनुबन्ध गरिएको छ । मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरिएको क्लबले जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।