काठमाडौँ, नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा चर्चित गायक मदन ढकालको स्वरमा “तीज–भयो क्यारे ठिस” तीज गीत सार्वजनिक भएको छ ।
के एम म्यूजिक प्रोडक्सनको प्रस्तुती रहेको उक्त गीतमा गायकहरु मदन ढकाल, तिर्थ खत्री र गायिकाहरु टिका सानु, प्रतिभा सापकोटाको आवाज रहेको छ । गीतमा भने मदन ढकालको शब्द सिर्जना रहेको छ ।
गौरब गिरीको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियो दिपक गिरीले छायाँकन गरेका छन् ।
“तीज–भयो क्यारे ठिस” गीतको भिडियोमा मदन ढकाल, तिर्थ खत्री, टिका सानु, प्रतिभा सापकोटा, गोबिन्द बिबस र सुरेश भट्टको अभिनय देख्न सकिनेछ ।
https://youtu.be/E2fcBzxM2bM
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।