काठमाडाै, स्टार खेलाडी किलियान एम्बाप्पे पेनाल्टीबाट गोल गर्न चुक्दा फ्रान्स स्वीटजरल्याण्डसँग ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित हुँदै यूरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएको छ ।
पेनाल्टी सुटआउटमा अन्तिम प्रहार गर्न आएका एम्बाप्पेको प्रहारलाई स्वीटजरल्याण्डका गोलकिपरले बचाउ गरेका थिए ।यसअघि पनि निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा ह्यारिस सेफेरोविचले स्वीटजरल्याण्डलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा विश्व विजेता फ्रान्स खेलमा फर्किएको थियो । करिम बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई गोल तथा पाउल पोग्बाले एक गोल गरेपछि फ्रान्सले खेलमा दुई गोलको अग्रता लिएको थियो ।
खेल सकिन १० मिनेट बाँकी हुँदासम्म दुई गोलको अग्रता कायम राखेको फ्रान्सविरुद्ध स्वीटजरल्याण्डले पुनरागमन गर्यो । ८१ औँ मिनेटमा सेफेरोविचले एक गोल फर्काए भने अन्तिम मिनेटमा मारियो गाभ्रानोविचले खेल बराबरी गरे । खेल पेनाल्टी सुटआउटमा पुगेछि स्वीटजरल्याण्ड विजयी बन्यो ।
स्वीटजरल्याण्ड सन् १९५४ को विश्वकपपछि मुख्य प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको यो पहिलो अवसर हो । अब क्वार्टरफाइनलमा स्वीटजरल्याण्ड र स्पेन भिड्ने छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।