बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वेस्ट इन्डिजसँगका पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका पराजित

वेस्ट इन्डिजसँगका पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका पराजित

मेगा खबर संवाददाता

१३, आषाढ २०७८
  • 1.6K
    SHARES

  • वेस्ट इन्डिजसँगका पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका पराजित

    काठमाण्डाै, वेस्ट इन्डिजसँगको पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका पराजित भएको छ ।

    गएराति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६१ रनको लक्ष्य वेस्ट इन्डिजले ३० बल अगावै भेट्टायो । वेस्ट इन्डिजका लागि इभिन लेविसले ७१ रनको योगदान गरे भने क्रिस गेलले ३२, आन्द्रे फ्लेट्चरले ३० र आन्द्रे रसेलले २३ रन बनाए ।

    दक्षिण अफ्रिकाका ताब्रेज शामीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।

    दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ५६, क्विन्टन डी ककले ३७ रन, टिम्बा बाभुमाले २२ र रिजा हेन्ड्रिक्सले १७ रन बनाए । वेस्ट इन्डिजका फाबियन एलन र ड्वाने ब्राभोले २२ विकेट लिए ।

    आइतवार, आषाढ १३ २०७८०७:२३:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार