काठमाण्डाै, इङ्ग्ल्यान्डले श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा क्लिन स्विप गरेको हो ।
गएराति भएको खेलमा श्रीलङ्कालाई ८९ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो । इङ्ग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलङ्काले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो ।
श्रीलङ्काकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए । ओसडा फर्नान्डोले १९ रन जोड्दा निरोशन डिक्वेलाले ११ रन जोडे । इङ्ग्ल्यान्डका डेभिड विलीले ३ तथा साम कुरानले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
इङ्ग्ल्यान्डका डाविड मालनले ७६ रन, जोनी बेयर्स्टोले ५१, लियाम लिभिङस्टोनले १४ रनको योगदान गरे । साम करण ९ र क्रिस जोर्डन ८ रनमा अविजित रहे । श्रीलङ्का दुश्मन्था चामिराले ४ विकेट लिए भने बिनुरा फर्नान्डो र इसुरु उडानले एकएक विकेट लिए । पहिलो खेलमा इङ्ग्ल्यान्ड ८ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।
श्रीलङ्का र इङ्ग्यान्डबीच पर्सी मंगलवारदेखि तीन खेलको एक दिवसीय श्रृङ्खला पनि हुनेछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।