बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इंग्लिस प्रिमियर लिग : चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग : चेल्सी विजयी

मेगा खबर संवाददाता

३१, आषाढ २०७७
  • 2.0K
    SHARES

  • इंग्लिस प्रिमियर लिग : चेल्सी विजयी

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले शीर्ष चारमा रहेर आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान पक्का गर्ने सम्भावना थप बलियो बनाएको छ ।

    घरेलु मैदानमा भएको खेलमा रेलिगेशनमा पर्ने पक्का भएको पुछारको नर्विच सिटीलाई चेल्सीले १–० ले पराजित गरेको हो । चेल्सीको साँघुरो जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ओलिभर जिरउडले गरेको गोल नै निर्णायक बन्यो ।

    टीम क्रुलको पासमा जिरउडले हेडमार्फत गोल गरेका हुन् । जितपछि तेस्रो स्थानको चेल्सीको ३६ खेलबाट ६३ अंक भएको छ । चौंथो स्थानको लेस्टर सिटीको ३५ खेलबाट ५९ अंक रहेको छ । पुछारको नर्विचले २१ अंक मात्रै जोडेको छ ।

    बुधवार, आषाढ ३१ २०७७११:५०:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार