काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा २० जना पदाधिकारीहरु नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग, महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पदाधिकारीहरु नियुक्त गरेकी छिन् ।
अख्तियारको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन्। यस्तै, लोकसेवा आयोगमा माधव प्रसाद रेग्मी अध्यक्ष तथा माधब बेल्बासे, बीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी सदस्यका रुपमा नियुक्त भएका छन् ।
नियुक्ती भए संगै लोकसेवाले अब नियमित काम अगाडी बढाउने छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।