बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रोनाल्डोद्वारा सबैभन्दा बढि अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरीमा

रोनाल्डोद्वारा सबैभन्दा बढि अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरीमा

मेगा खबर संवाददाता

१०, आषाढ २०७८
  • 1.5K
    SHARES

  • रोनाल्डोद्वारा सबैभन्दा बढि अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरीमा

    काठमाण्डाै, पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने इरानका खेलाडी अली दाइसँगको कीर्तिमान बराबरी रहेका छन् ।

    फ्रान्ससँगको खेलमा दुई गोल गरेका रोनाल्डोले इरानका अली दाइसँगै एक सय नौ गोलको अन्तर्राष्ट्रिय रेकर्ड बराबरी गरेका छन् । सन् १९९३ देखि २००६ सम्म इरानका अली दाइले १ सय ९ गोलको कीर्तिमान बनाएका थिए । उनीसँगै अब रोनाल्डो पनि कीर्तिमान बनाउन सफल भएका छन् ।

    रोनाल्डो र दाइले मात्रै अन्तर्राष्ट्रिय फुटबलमा ९० भन्दा धेरै गोल गरेका छन् । अरु कुनै पनि खेलाडीले ९० भन्दा धेरै गोल गर्न सकेका छैनन् । रोनाल्डोले यसअघि नै युरोकपमा सर्वाधिक गोलको रेकर्ड बनाइसकेका छन् ।

    रोनाल्डोले विश्वकप र युरोकपमा संयुक्त रुपमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान समेत तोडेका छन् । रोनाल्डोले दुवै प्रतियोगितामा २१ गोल भएको छ ।

    बिहिवार, आषाढ १० २०७८०८:५५:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार