बलिउड अभिनेत्री आफ्नो शरीरको अवस्थालाई लिएर निकै चिन्तित रहन्छिन् । उनको शरीर निकै सुगठित पनि रहने गर्छ । गर्भवती भएको र बच्चा भएको अवस्थामा तौल बढ्ने गर्छ ।
उनले पहिलो सन्तानपछि निकै मोटाएकी करीना पुनः आफ्नो तौल निकै घटाएकी थिइन् । फेरि दोस्रो सन्तान भइसकेपछि पनि करीना तौल घटाउने कसरतमा छिन् । प्रायः महिलाहरु बच्चा भइसकेपछि आफ्नो शरीरलाई फिट राख्न सक्दैनन् । करीनाले कसरी आफूलाई फिट राख्छिन् त?
फिट रहनका लागि करीना कडा मेहनत गर्ने गर्छिन् । उनी पाइलेट्स कसरत गर्नेदेखि सिढीँ चढ्ने र ओर्लिनुमा भरोसा गर्छिन् । मिडिया रिपोर्टका अनुसार करीना योगा र मेडिटेसन गर्न मन पराउँछिन् । उनी हप्तामा ६ दिन वर्कवाउट गर्ने गर्छिन् ।
मिडिया रिपोर्टका अनुसार करीना खानामा मखाना खाने गर्छिन् । उनी हरेक दिनको सुरुवात नट्स र केराबाट गर्छिन् । उनी दिउँसोको खानामा दही, चामलको खाना, सलाद, दाल, तरकारी र रोटी खाने गर्छिन् । उनी रातिको खानामा पुलाउ, रोटी, दही आदि खाने उनले गर्छिन् ।
चिया र कफि पिउँदिनन् । उनी मौसमी फलहरु, नरिवल पानी खाने गर्छिन् । करीना सुत्नुअघि दूध, बेसार र जायफल पानी मिसाएर पिउने गरेकिछिन् उनले सधैँ भरि ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।