काठमाडौं, गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका पदमुक्त सांसद कृष्ण थापा फेरि सर्वोच्च अदालत पुगेका छन् ।
उनको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशीमा चढेको छ । पाँचौं नम्बरमा थापाको रिटको पालो छ ।तत्काली विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग नगरेको भन्दै पार्टीको सिफारिसमा सभामुख नेत्रनाथ अधिकारीले जेठ २८ गते दोस्रोपटक पदमुक्त गरेका थिए । पहिलोपटकको पदमुक्त निर्णय कार्यान्वयनमा सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएर पुनर्वहाली गरेको थियो ।
सभामुखले जबरजस्ती पदमुक्त घोषणा गरेकाले आफू फेरि अदालत पुगेको थापाले बताए । आफ्नो तर्फबाट ५ जना कानुन व्यवसायीले बहस गर्ने थापाले जानकारी दिए । पदमुक्त गर्ने सभामुखको निर्णयविरुद्ध थापाले आइतवार गण्डकीका सभामुख, प्रदेशसभा सचिवालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
गण्डकी प्रदेश बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं। २ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थापालाई यसअघि तत्कालीन विपक्षी गठबन्धनलाई समर्थन नगरेको भन्दै कारवाही गरिएको थियो । कारवाहीको प्रक्रिया नमिलेको भन्दै सर्वोच्चले पुनर्वहाली गरेको थियो ।
उक्त आदेशविरुद्ध परेको भ्याकेट निवेदनमा सर्वोच्चले थापालाई निरन्तरता दिनुपर्ने अन्तरिम आदेश खारेज गरेको थियो भने २८ गतेको पदमुक्त निर्णयलाई सदर गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।