काठमाण्डाै, कोपा अमेरिका फुटबलमा पेरु विजयी भएको छ । बिहान भएको खेलमा पेरुले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
जितसँगै पेरु ३ अङ्कका साथ तेस्रो स्थानमा छ । पेरुले अहिलेसम्म दुई खेलमा एकमा जित र एकमा हार ब्यहोरेको छ ।
तीन खेलमा एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेलेको कोलम्बिया भने ४ अङ्कका साथ दोस्रो स्थानमा छ । यसअघि भएको खेलमा यही समूहका भेनेजुएला र इक्वेडरले २– २ गोलको बराबरी खेलेका थिए ।
भेनेजुएला चौथो स्थानमा छ भने इक्वेडर पुछारमा छ । ब्राजिल ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।