बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अभिनेता अजय देवगणले किने नयाँ घर

अभिनेता अजय देवगणले किने नयाँ घर

  • 1.9K
    SHARES

  • अभिनेता अजय देवगणले किने नयाँ घर

    काठमाडाै, बलिउडका सिंघम अर्थात अभिनेता अजय देवगणले नयाँ घर किनेका हुन् । उनले मुम्बईको जुहु इलाकामा एक घर किनेका छन् ।

    जसको मूल्य ६० करोड बताइएको छ । एक अनलाइनमा प्रकाशित खबर अनुसार उनले किनेको घरको मूल्य ६० नभएर ४७ करोड रहेको छ । उक्त अनलाइनले घर किन्न अजयले १८।७५ करोड लोन लिएको समेत दाबी गरेको छ ।

    यो कुराको पुष्टि कतैबाट भएको छैन । अजयको नयाँ घर उनको शिवशक्ति घरबाट धेरै टाढा छैन । उनको यो घर ४७४।४ वर्ग मिटरमा फैलिएको छ । अजयभन्दा पहिले यो घर भावेश बालकृष्ण बालिया नामका एक ब्यक्तिको थियो ।

    अजयले यो घर आमा वीणा वीरेन्द्र देवगनको नाममा ट्रान्सफर गरेका छन् । कामको कुरा गर्ने हो भने अजयलाई फ्यानले पछिल्लो समय २०२० मा ‘तानाजी’ मा देखेका थिए ।

    फिल्ममा अजयका साथमा काजोल, सैफअली खान, शरद केलकर मुख्य भूमिकामा रहेको थियो। उनी अब फिल्म ‘आरआरआर, भुज, मैदान लगायतका थुप्रैमा देखिँदैछन् । 

    आइतवार, आषाढ ६ २०७८०३:०७:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार