पोखरा, गण्डकी प्रदेशमा कांग्रेसले अर्थ मन्त्रालय आफैं राख्न खोजेपछि सरकार बनाउँदाको गठबन्धनमा दरार आएको छ ।जनता समाजवादी पार्टी (जसपा)ले सहमति अनुसार मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्मको चेतावनी दिएको छ ।
२ सभासद भएको जसपासँग कांग्रेसले अर्थसहित २ मन्त्री दिने सहमति गरेको थियो । जसपाले अडान नछाडेपछि गण्डकी सरकारको मन्त्रीपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँडको लागि बसेको बैठक निस्कर्ष विहीन बनेको छ । जसपाले शुक्रबार विश्वासको मत लिएपछि कांग्रेसले सहमति तोडेको आरोप लगाएको छ ।
माओवादी केन्द्रले पनि अर्थ मन्त्रालयमा दावी गर्दै आएको छ । तर, भौतिक पुर्वाधार भए पनि माओवादी चित्त बुझाउने पक्षमा रहेको स्रोतले जनाएको छ । तर भौतिकमा स्वतन्त्र सांसद दीपक मनाङेको पनि दावीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली अप्ठ्यारोमा परेका छन् ।
गण्डकीमा ११ वटा मन्त्रालय मध्ये कांग्रेस र माओवादी केन्द्रले ४४ जसपा २ र एउटा मन्त्रालय मनाङेलाई दिने सहमति छ । २ सिट भएको र गठबन्धनलाई सघाएको जनमोर्चाले भने सरकारमा नजाने घोषणा गरिसकेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली असहमति कै बीच आज काठमाडौ हिंड्दै छ्न् । केन्द्रीय तहमा कुरा गरेर भागबण्डा टुंगोमा पुर्याउने सोच उनले बनाएको स्रोतले जनाएको छ ।
कांग्रेसमै कसलाई मन्त्री बनाउने भन्नेमा पनि सहमती जुटिसकेको छैन । माओवादी केन्द्रका सबै सभासद मन्त्रीका आकांक्षी देखिएका छन् । माओवादीमा पनि केन्द्रकै निर्णयले मन्त्री टुंगो लाग्ने अवस्था सिर्जना भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।