काठमाण्डाै, युरो कप फुटबलको समूह 'एफ'को खेलमा फ्रान्स र हङ्गेरीले बराबरी खेलेका छन् ।
हिजो भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा फिओलाले गोल गर्दै हङ्गेरीलाई अग्रता दिलाए पनि ६६ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याएको छ ।
हिजोको बराबरीसँगै फ्रान्स ४ अङ्कसहित शीर्ष स्थानमा छ भने हङ्गेरी एक अङ्कसहित पुछारमा रहेको छ । पहिलो खेलमा भने हङ्गेरी पोर्चुगलसँग ३–० गोलले हारेको थियो भने फ्रान्सले जर्मनीलाई हराएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।