इङल्यान्डले बेम्बली रंगशालामा भएको खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरीमै चित्त बुझाइएको छ ।
यस जीतसँगै इङल्यान्डले समूह डीमा ४ अंक बटुलेको छ भने स्कटल्यान्ड एक अंकमै सिमित बनेको छ । यसअघि सुरुवाती खेलमा क्रोयशियालाई इङल्यान्डले १–० ले हराएको थियो । यता, चेक गणतन्त्रले स्कटल्यान्डलाई २–० ले हराएको थियो ।
अब स्कटल्यान्डसामु कुनै हालतमा क्रोयशियाविरुद्ध अन्तिम खेलमा जित निकाल्नुपर्ने अवस्था निम्तिएको छ । लण्डनस्थित रंगशाला इङल्यान्डको घरेलु मैदान भएपनि यहाँ उपस्थित स्कटिस समर्थकहरुको बाक्लो संख्याले ग्लासगो शहरकै झल्को दिन्थ्यों ।
खेलको दशौं मिनेटमै इङल्यान्डले अग्रता लिने राम्रो अवसर गुमायो, जोन स्टोन्सले गरेको हेडर पोष्ट नजिकैबाट बाहिरिएको थियो । मासोन माउन्टले पनि पहिलो हाफमा स्कटल्यान्डलाई ठूलो दबाब दिएका थिए ।
स्कटल्यान्डले पनि दोस्रो हाफमा केही अवसर सिर्जना गरेको थियो । यस बराबरीपछि चेक गणतन्त्र र इङल्यान्डको अंक बराबर छ । तर, गोलअन्तरमा चेक अघि छ ।
चेक गणतन्त्र र क्रोयशियाले पनि शुक्रबार १–१ गोलको बराबरी खेलेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।