काठमाडौं, नेपाल लोकतान्त्रिक खेलकुद संघले स्वर्गिय बैजनाथ बाबा यादवको परिवारलाई आर्थिक सहयोग गरेको छ। स्वर्गिय बैजनाथ नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रिय सदस्य एवं प्रदेश नं २ का संयोजक रहेका थिेेेेय।
महाराजगंजको हेडलाईन क्याफेमा शुक्रबार संघका केन्द्रिय उपाध्यक्ष बृजेन्द्र हमालले यादवको परिवारलाई नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन कुमार बस्नेत लगायत केन्द्रिय सदस्यहरु,बाट ७० हजार र बागमती प्रदेशका प्रमुख दिपक गुरुङ बाट ३० हजार गरि संकलित रु १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
अन्य रकमहरु पनि संकलन भईरहेको र संकलित बाँकी रकम कोभिड १९ को सहजता पश्चात जनकपुरमानै पुगेर परिवारलाई हस्तान्तरण गरिने कार्यक्रममा महासंघका पदाधिकारीले जानकारी दिएका छन् । क्योकुसिन करातेका अन्तराष्ट्रिय खेलाडी रहेका जनकपुर निवासी यादवको कोभिड १९ का कारण जेष्ठ २ गते वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।