पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा स्थायित्वको लागि विश्वासको मत दिन आग्रह गरेका छन् ।
आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै अगाडि बढ्नका यहाँ छौं । संघीयतालाई मजबुत र राजनीतिक स्थिरता हुन्छ भन्ने सन्देश दिन र जनताले दिएको मतादेश पाँच वर्षको लागि हो र बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने भएकोले विश्वासको मत दिएर समर्थन गर्न अनुरोध गर्दछु, मुख्यमन्त्री पोखरेलले भने ।
उनले प्रदेश सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा सो धारणा राखेका हुन् । उनले मुख्यमन्त्री नियुक्त भएपछि आफूले ल्याएको नीति तथा कार्यक्रम र बजेटबारे पनि चर्चा गरेका थिए ।
‘नीति तथा कार्यक्रम र बजेटमा आधारित कार्यक्रमलाई कार्यान्वयन गर्न विश्वासको मत दिन आग्रह गर्दछु,’पोखरेलले भनेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।