पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाढीपीडित मनाङको अवलोकन गर्न जाने भएका छन् ।
गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयअनुसार टोलीसहित मुख्यमन्त्री पोखरेल मनाङको बाढीपीडित बस्तीमा जाने भएका छन् ।
समितिका अध्यक्ष मुख्यमन्त्री पोखरेल आफैं छन् । यसैगरी बैठकले विपदमा परेकाहरूको उद्धार तथा तिनलाई राहतका लागि प्रदेश तथा जिल्लाका सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई निर्देशन दिएको छ ।
बैठकले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी खुलाउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट व्यवस्था गर्न निर्देशन दिएको मुख्यमन्त्रीको कार्यालयकी सचिव इन्दु घिमिरेले जानकारी दिइन् ।
उनको अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल बनाई कार्यान्यवन गर्ने तथा प्रदेशस्तरीय विपद् कोष नियमावली अनुसार कम्तीमा ५ करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।