युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा रुसले फिनल्यान्डलाई हराएकाे छ ।
आफ्नाे मैदान क्रेस्टाेभ्सकी स्टेडियममा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा रुसले फिन्ल्यान्डलाई एक–शून्यले हराएकाे छ । रुसका लागि एलेक्सी मिरानचुकले पहिलाे हाफमा थपिएकाे इन्ज्युरी समयकाे दाेस्राे मिनेटमा गाेल गरे ।
समूह 'बी मा रहेका रुस र फिनल्यान्ड दुवैले दुई खेलमा एक–एक खेल जितेका छन् । तालिकामा रुस दाेस्राे र फिन्ल्यान्ड तेस्राे स्थानमा छ । आजै राति पाैने दश बजे हुने खेलमा टर्की र वेल्स खेल्दै छन् भने राति पाैने एक बजे इटली र स्विट्जरल्यान्ड खेल्दैछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।